पासपोर्ट वरीयताको सूची सार्वजनिक, नेपाल जहाँको त्यहीँ – Nepal Press

पासपोर्ट वरीयताको सूची सार्वजनिक, नेपाल जहाँको त्यहीँ

काठमाडौं । सन् २०२४ का लागि विश्वभरका मुलुकको पासपोर्टको वरीयता सार्वजनिक भएको छ । हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरीयतामा नेपाल १०३औँ स्थानमा परेको छ । नेपालका नागरिक विश्वका ४० मुलुक भिसाविनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरीयता १०३ नै रहेको थियो । नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३औँ स्थानमा छन् ।

वरीयता अनुसार फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ । रिपोर्टअनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जसका नागरिक विश्वका १९४ मुलुक भिसाविना आवतजावत गर्न सक्ने छन् । यस्तै रिपोर्टमा जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा छन् । यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसाविनै आवतजावत गर्न पाउने छन् ।

सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तान १०९औँ स्थानमा रहेको छ । यहाँका नागरिक २८ मुलुकमा भिसाविना आवतजावत गर्न पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *