ज्ञानोदय बालबाटिका स्कुलले सम्पन्न गर्‍यो ‘लुनार ह्याविटेड च्यालेन्ज २.०’ (भिडिओ) – Nepal Press

ज्ञानोदय बालबाटिका स्कुलले सम्पन्न गर्‍यो ‘लुनार ह्याविटेड च्यालेन्ज २.०’ (भिडिओ)

काठमाडौं । ज्ञानोदय बाल बाटिका स्कुलले ‘लुनार ह्याविटेड च्यालेन्ज २.०’  सम्पन्न गरेको छ । मङ्गलवार ज्ञानोदय बाटिका स्कुलले ‘मुनक्वीक’ नामक थिमबाट सुरु गरिएको ‘लुनार ह्याविटेड च्यालेन्ज २.०’ सम्पन्न गरेको हो ।

५ दिनसम्म सञ्चालन भएको अन्तरिक्ष प्राविधिक कार्यक्रम ‘लुनार ह्याविटेडट च्यालेन्ज २.०’ मा १३ विद्यालयहरू सहभागी भएको बाल बाटिका स्कुलका आईसीटी हेड निरज रानामगरले बताए । निरजका अनुसार विद्यार्थीहरूले उक्त च्यालेन्जमा आफ्नो प्रतिभालाई देखाउन स्थान पाएका थिए । भने, विद्यार्थीहरूलाई परीक्षण पनि प्रदान गरिएको थियो ।

पाँच दिनसम्म सञ्चालन भएको च्यालेन्जमा विद्यार्थीहरूलाई अन्तरिक्षमा हुने परीक्षण तथा सेटलाईटहरुका बारेमा जानकारी दिइएको थियो । विद्यार्थीहरूले अन्तरिक्ष टेक्नोलोजीको नयाँ सिमानाहरू अन्वेषण गर्नको लागि नयाँ दृष्टिकोण प्राप्त गरेका छन् । च्यालेन्जमा सहभागी भएका १३ वटै विद्यालयका विद्यार्थीहरूले एयर स्पेसका गतिविधिहरूमा दखल राखेका थिए ।

त्यस्तै, गत वर्ष पनि प्रविधिसंग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ ‘लुनार ह्याविटेड च्यालेन्ज’ सञ्चालन गरिएको वियोण्ड एपोजीका सीईओ सुदिप विक्रम अधिकारीले बताए ।

ज्ञानोदय बाल बाटिका स्कुलले सञ्चालन गरेको ‘लुनार ह्याविटेड च्यालेन्ज २.०’ यस वर्ष अन्तरिक्ष सम्बन्धी क्रियाकलापहरूमा केन्द्रित रहेको सिइओ अधिकारीले बताए । अधिकारीका अनुसार यस वर्षको लुनार ह्याविटेड च्यालेन्जको थिम नै ‘मुनक्वीक’ नै राखिएको थियो ।

च्यालेन्जमा विद्यार्थीहरूले अन्तरिक्ष सम्बन्धी आफ्ना इनोभेसनलाई प्रस्तुत गरेका थिए । जहाँ एयस स्पेस, रकेट एआई जस्ता प्रविधिहरूको विकास गर्ने काम भएको थियो । विद्यार्थीहरूले पानीबाट चल्ने वाटर रेकट बनाएर परीक्षण समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *