सितापाइला घटना- ३ जनाको हत्यापछि ससुरालीमा राजुले गरेका थिए फोन
काठमाडौं । स्वयम्भूनजिकै सितापाइलामा तीनजनाको हत्या गरेर श्रीमान्ले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
बुधबार बिहान ६ बजेतिर ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिशा र २ वर्षीया शिवानीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलबाट प्रहरीले ह्याम्र फेला परेको छ । शिवानी नातिनी भएको प्रहरीले बताएको छ । बुवा राजु घिमिरे (सुनार) भने नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
प्रहरीका अनुसार राजुले सालोलाई फोन गरेर ‘सबैलाई मारेँ, अब मर्न जाँदैछु’ भनेका थिए ।
सोलुखुम्बु घर भएका उनीहरू त्यहाँ भुइँतलामा भाडामा बस्दै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका थिए ।
घटनाको अनुसन्धान जारी रहेको भन्दै कारण खुलिनसकेको प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।
तस्बिरहरू : नविनमुनि स्थापित ।