अमेरिकामा जुवा खेलाउने नेपाली पक्राउ, जानकार भन्छन्- विद्यार्थी दुरुपयोग बढ्यो
काठमाडौं । अमेरिकामा जुवा खेलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैलेन्द्र कुमार मानन्धर छन् । उनलाई फेब्रुअरी ११ मा पक्राउ गरिएको हो । उनलाई टेक्सस प्रहरीले पक्राउ परेको हो ।
उनको पक्राउका चार कारण खुलाइएको छ । जसमा संस्थागत अपराध, जुवा प्रवर्द्धन, जुवा अड्डा सञ्चालन, जुवा उपकरण तथा औजारहरूको बरामद लगायत रहेका छन् ।
टेक्सस राज्यको टेरन्ट काउण्टीमा पक्राउ परेका उनको विवरण अहिले अमेरिकाको पक्राउ परेकाहरूको जानकारी राख्ने पोर्टल मगसट्स जोनमा सार्वजनिक भएको छ ।
अमेरिकामा बस्ने नेपालीहरूका अनुसार पछिल्लो समयमा अनधिकृत रूपमा जुवा खेलाउनेहरू पक्राउ पर्न धालेका छन् । यिनीहरूको गिरोहले नेपाली विद्यार्थीलाई लक्षित गरेर खेलाउँदै आएका छन् ।
जुवा खेलाउनेहरूले नेपाली विद्यार्थीलाई जुवाको एजेण्डाको रूपमा दुरुपयोग गरिरहेका छन् । यो घटनालाई नजिकबाट हेरेका अमेरिकाका नेपाली अगुवाले नेपालमा पक्राउ परेका हुण्डिवाज र यिनीहरूको सिधा सम्बन्ध हुनसक्ने उनले बताए ।
उनले भने, नेपालमा अभिभावकहरुले पनि आफ्ना छोराछोरीले कसरी खर्चबर्च मिलाइरहेका छन् भनेर गहिरिएर सोच्न यो घटनाले सबक सिकाएको छ । यो गम्भीर विषय हो ।’