थानकाेटकाे चाैरमा मिटरब्याज ऋणीकाे चुलाेचाैकाे (तस्वीरहरू) – Nepal Press

थानकाेटकाे चाैरमा मिटरब्याज ऋणीकाे चुलाेचाैकाे (तस्वीरहरू)

काठमाडौं । विभिन्न जिल्लाबाट सामलसहित हिँडेर आएका मिटरव्याज र लघुवित्तपीडितहरूले सिंहदरबारअगाडि प्रदर्शनको तयारी गरेका छन् । थानकोटको खुल्ला चौरमा चुलोचौको थापेर बसेका उनीहरू सिंहदरबारमा आफ्नो माग राख्ने जाने तयारीमा जुटेका हुन् । मागहरु पूरा नभएसम्म घर नफर्किने उनीहरूको अडान छ ।

माघ १६ गते महाकालीको गड्डाचौकीबाट प्रवक्ता निर्ग नविन र पूर्वको मेची पुलबाट अध्यक्ष अवधेश कुश्वाहा नेतृत्वको टोली हिँडेर काठमाडौं आएका हुन् । ३ वर्षदेखि आन्दोलन गरिरहेको भएपनि मागको सुनुवाइ नभएकोले आज ‘न्याय मार्च’ को तयारी गरिएको अध्यक्ष अवधेशले बताए । थानकोटबाट सुरू भई कलंकी, कालिमाटीबाट त्रिपुरेश्वर, सहिदगेट हुदैँ सिंहदरबार पुग्नेगरी पैदल मार्चको रुट तय गरिएको उनको भनाइ छ ।

उनीहरूले लघुवित्त र वित्तीय संस्थालाई सामन्तीको संज्ञा दिँदै खारेज गर्न, सामूहिक ऋण मिनाहा गर्न पनि माग गरेका छन् ।

मिटर व्याज र लघुवित्तले जग्गा-जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको प्रवक्ता नविनले बताए ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरव्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर