आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाउने एमालेको निर्णय
नेपाल प्रेस
२०८० फागुन १० गते १८:४५
काठमाडौं । नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रुपमा अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले देश र जनताको सरोकारको मुद्दामा जनदबाब र जनपरिचालको एजेण्डा छिट्दै सार्वजनिक गर्ने बताउँदै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय गरेको बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर