मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात (तस्बिरहरु) – Nepal Press

मकवानपुरको दामन-सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात (तस्बिरहरु)

हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालोका स्थित दामन–सिमभन्ज्याङ क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ ।

हिमपातले दामन–सिमभन्ज्याङ क्षेत्र सेताम्य भएको छ । मकवानपुरको सबैभन्दा अग्लो क्षेत्रको रुपमा रहेको दामन–सिमभन्ज्याङ क्षेत्रमा प्रत्यक वर्ष हिमपात हुने गरेको छ । बिहिबार अपरान्नबाट सुरु भएको हिमपात साझपख थप बाक्लो परेको स्थानीय संचारकर्मी शम्भु अधिकारीले बताए ।

हिमपात भएसङ्गै त्यहा आन्तरिक पर्यटकको आगमन सुरु भइसकेको उनको भनाइ छ । हिमपातले सिमभन्ज्याङ,नाङ्लेचुली,पानोरोमा तथा ऋषेश्वर क्षेत्र हिउँले सेताम्मे भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *