नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको नामिबिया २०३ रनमा अलआउट – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको नामिबिया २०३ रनमा अलआउट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालमा जारी पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आफ्नो चौथो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नामिबिया ४१।३ ओभरमा २ सय ३ रनमा अलआउट भयो ।

जारी शृंखलामा पहिला ब्याटिङ गर्ने टोलीले २ सय रन कटाएको यो पहिलोपटक हो। अघिल्ला चारवटै खेलमा पहिला ब्याटिङ गर्ने टोली अलआउट भएका थिए।

नामिबियाका जान निकोल लफ्टी इटनले ४९ र मलान क्रुगरले ३९ रन बनाए। जान फ्रालिंकले पनि ३४ रन जोडे। नामिबियाले छैटौँ विकेटका लागि ७८ रनको साझेदारी गरेको थियो।

नेदरल्यान्ड्सका भिभियान किङ्माले ३ तथा आर्यन दत्त र रोएलफ भान डर मार्वेले २र२ विकेट लिए। शृंखलामा नामिबियाले तीनमध्ये २ खेल जितेको छ भने २ खेल खेलेको नेदरल्यान्ड्सले एक जित र एक हारको नतिजा निकालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *