म हिन्दूवादी कम्युनिष्ट !
राजनीतिमा एउटा अघोषित मुद्दा छ, जुन मुद्दा कुनै अदालतमा दायर गरिएको छैन । यस मुद्दाका विषयमा कुनै पैरवी, आदेश वा परमादेश पनि भएको पाइँदैन । यो मुद्दाको पेशी तोकिने वा बकपत्र गर्ने/गराउने कुरा चिया पसल, चौतारी र आलोचनात्मक भाषणमा बाहेक अन्यत्र कतै हुने कुरा भएन । तर, नेकपा एमालेको संगठित सदस्य र यसको भ्रातृ संगठन अनेरास्ववियुमा आबद्ध भएकै कारणले घरपरिवार तथा समाजमा हुने धार्मिक क्रियाकलाप, मठमन्दिर दर्शन वा भजनकीर्तनमा गाएकै/नाचेकै भरमा सामाजिक सञ्जाल र प्रत्यक्ष रुपमा सवाल आइरहन्छन्, ‘कम्युनिष्टको पनि धर्म हुन्छ र ?’
के साँच्चै कम्युनिष्टहरुले धर्म मान्नुहुँदैन वा धर्म मान्नेहरु कम्युनिष्ट होइनन् ? के साँच्चै कम्युनिष्टहरु सैद्धान्तिक रुपले नै धर्मविरोधी हुन्छन् ?
केही स्वघोषित वुद्धिजीवीहरु कम्युनिष्टले धर्म मान्नुहुँदैन र कम्युनिष्टहरु सैद्धान्तिक रुपले नै धर्मका विरोधी हुन्छन् भन्ने कुर्तक गर्छन् नै । तर, आजसम्म मार्क्सवादी सिद्धान्तमा धर्मबारे ठोस रुपमा व्याख्या गरिएको भने पाइँदैन । कम्तीमा मैले पाएको छैन ।
धर्मका विषयमा कार्ल मार्क्सले भनेको एकमात्र वाक्य, ‘धर्म जनताको लागि अफिम हो’ लाई मानिसहरुले सतही रुपमा व्याख्यामात्रै गरेनन्, जीवन र जगत अनि राजनीतिक सिद्धान्तहरुमा जटिलता थप्ने काम गरे । तत् बखतमा पश्चिमा मुलुकहरुमा पोपहरुले राज्य चलाउँथे, उनीहरुका प्रवचन सामान्यतया: धार्मिकमात्रै लागे पनि त्यसभित्र राजनीतिक वा शासकीय लालसा लुकेको हुन्थ्यो । भ्याटिकन सिटीसँग अहिले भएको राजनीतिक शक्तिले त्यसको पुष्टि गर्छ । धर्मगुरुहरुमा राजनीतिक वा शासकीय महत्वाकांक्षा जाग्दा त्यसले हिंसा र क्रूरतामात्र निम्त्याउँदैनथ्यो, युद्धको माहोल सिर्जना गरिदिन्थ्यो । धर्मगुरुका प्रवचनहरु अस्थिरताको बीउ बन्ने र राज्यसत्ता वा व्यवस्था परिवर्तनकै ‘क्याटलिस्ट’ बन्ने अवस्थालाई केन्द्रमा राख्दै अभिव्यक्त शब्दावलीलाई आज पनि बोकेर हिँड्नु चाहिँ कुनै पनि कोणबाट सान्दर्भिक देखिँदैन ।
अहिले चर्चा गरिए जसरी यदि संसारभरको विकासका प्रमुख सूत्रधार मानिएका कार्ल मार्क्सले साँच्चिकै युगौंदेखि मानिँदै आएका विभिन्न धर्महरुमाथि यति चोटिलो प्रहार गरेका हुन्थे भने पक्कै पनि त्यसको ठोस कारण र प्रमाणसहित विज्ञान, मानवशास्त्र, समाजशास्त्र र ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादसँग तुलना नगरी अहिलेका दार्शनिक तथा विश्लेषकहरुलाई ‘गृहकार्य’ दिएर छाड्दैनथे ।
कम्युनिजम आफैंमा धार्मिक छ । सैद्धान्तिक रुपले धर्म र साम्यवादमा धेरै कुराहरु मेल खान्छन् । सामाजिक न्याय र समानता, सीमान्तकृतहरुको उत्थान नै साम्यवाद र धर्मका मूलभूत सिद्धान्तहरु हुन् । धर्मले कम्युनिजमका र कम्युनिजमले धर्मका हरेक सिद्धान्तहरुको वकालत गर्छ ।
कम्युनिजम आफैंमा धार्मिक छ । सैद्धान्तिक रुपले धर्म र साम्यवादमा धेरै कुराहरु मेल खान्छन् । सामाजिक न्याय र समानता, सीमान्तकृतहरुको उत्थान नै साम्यवाद र धर्मका मूलभूत सिद्धान्तहरु हुन् । धर्मले कम्युनिजमका र कम्युनिजमले धर्मका हरेक सिद्धान्तहरुको वकालत गर्छ । साम्प्रदायिक मेलमिलाप र समानताको लक्ष्य बोेकेको हुन्छ । सूक्ष्म अध्ययन गर्ने हो भने धार्मिक संस्थाले कम्युनिष्ट आन्दोलनलाई सहयोग गरेको इतिहास भेटिन्छ । शोषण र गैरकानूनी धन आर्जनको आलोचना एवं विरोध नै कम्युनिजम र धर्मको पारस्परिक केन्द्रीकृत सिद्धान्तहरु हुन् ।
धार्मिक संघसंस्थाहरुमा रहेका विकृति, सङ्गठित अपराध एवं हिंसाको समर्थन न कम्युनिजमले गरेको छ न त धर्मले नै यस्ता कुकार्यहरुको कल्पना गरेको छ । कुनै धर्म र धार्मिक विचारधारामा मात्र केन्द्रित राजनीतिक विचार एवं क्रियाकलाप र यस्ता धर्ममा केन्द्रित राजनीतिक दलहरुबाट समानता, सबै विचारहरुको सम्मान र साम्यवाद असम्भव छ । यी र यस्ता राजनीतिमा मिसाइएका कुधर्म जनताको लागि ‘अफिम’ हो भन्ने व्याख्यालाई तोडमोड गरेर कम्युनिष्टको धर्म हुँदैन भन्ने कुप्रचारको खण्डन पछिल्ला समयमा कम्युनिष्ट नेताहरुबाट नै हुने गरेको पाइएको छ ।
अझ नेपाली राजनीतिको परिदृश्यमा धेरै कम्युनिष्ट नेताले मौखिक रुपमै आफ्नो धर्म प्रस्ट्याएका छन् भने कोही नबोलेरै धर्म र धार्मिक चिन्तन एवं क्रियाकलापमा तल्लीन छन् । स्वयं प्रधानमन्त्री प्रचण्डले नै गाई काटेर भोज खाने/खुवाउने, किरियापुत्रीको ढिकुरो भत्काउने, मठमन्दिर तहसनहस पार्ने र दिसापिसाब गर्ने, धार्मिक प्रवचन दिने पण्डित एवं धार्मिक गुरुहरुमाथि हमला गर्ने, संस्कृत पढ्ने र पढाउनेहरुलाई अपहरण गर्ने जस्ता हिजोका क्रियाकलापहरु गलत थिए भन्ने पुष्टि गेरुवस्त्र धारण, भैंसी पूजन, बाबा रामदेवको आशीर्वाद थाप्ने, महाकालेश्वरलगायत कैयौं मठमन्दिर दर्शन गरेर दिइसकेका छन् । उनको धार्मिक महायात्राले ढोंगी चरित्रको पटाक्षेप भइसकेको छ । प्रचण्डबाहेक पनि धेरै कम्युनिष्ट नेताहरु धार्मिक क्रियाकलापहरुमा खुलेरै सहभागी हुने र धर्मका प्राचीन मूल्य मान्यतामाथिको आक्रमणलाई राजनीतिक अपराधसँग तुलना गरी भाषण गर्न थालेका छन् ।
धार्मिक संघसंस्थाहरुमा रहेका विकृति, सङ्गठित अपराध एवं हिंसाको समर्थन न कम्युनिजमले गरेको छ न त धर्मले नै यस्ता कुकार्यहरुको कल्पना गरेको छ । कुनै धर्म र धार्मिक विचारधारामा मात्र केन्द्रित राजनीतिक विचार एवं क्रियाकलाप र यस्ता धर्ममा केन्द्रित राजनीतिक दलहरुबाट समानता, सबै विचारहरुको सम्मान र साम्यवाद असम्भव छ ।
अत: घटनाक्रमले के पुष्टि गरेको छ भने धेरै पहिलादेखि नै खुलेर धर्म र धर्मसँग जोडिएका विषयहरुमा सकारात्मक अभिव्यक्ति दिने पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइने आक्षेपको कुनै तुक छैन । धर्म, धार्मिक विकास र पर्यटनलाई जोड दिने केपी ओलीका अभिव्यक्तिहरु प्रगतिशील छन् भन्ने पुष्टि भइसकेपछि अब एमाले नेता गोकुल बास्कोटालगायतबाट उठान गरिएका यस्तै सम्बन्धित विषयमा पार्टीभित्र खुला छलफल चलाउनु पर्ने पनि आजको आवश्यकता हो भन्ने मेरो ठम्याइ छ ।
धार्मिक कार्यक्रमहरुको उद्घाटन गर्ने, धार्मिक मूल्य मान्यता एवं पूजापाठसहित भौतिक पूर्वाधारहरुको शिलान्यास गर्ने क्रियाकलापमा कम्युनिष्ट नेताहरुको सक्रिय सहभागिताले हिजोको अपव्याख्या र गलत बुझाइ सुध्रिँदै आएको प्रस्ट हुन्छ र अब जो-कोही कम्युनिष्ट नेता धर्ममा खुलेर लाग्दा अंक घट्दैन भन्ने बुझाइ ओपन सेक्रेट बनेको छ । सायद यही बुझेर पनि होला नेपाली विकासका रोल मोडेल जननेता मदन भण्डारीले माटो सुहाउँदो ‘जनताको बहुदलीय जनवाद’ मा धर्मको चर्चा गर्ने कुरामा खासै जोड दिएको पाइँदैन ।
जबजकै मार्गनिर्देशनमा नेकपा एमालेले मात्र होइन, हरेक राजनीतिक दलहरुले ऐतिहासिक रूपमा हिन्दू धर्मराज्य भएको नेपालमा सबै धर्मलाई कानूनको अधीनमा समान व्यवहार सुनिश्चित गर्दै धर्मनिरपेक्ष राज्य स्थापना गर्ने दिशामा काम गरे । बहुदलीय प्रजातन्त्रभित्र धार्मिक स्वतन्त्रताको रक्षा गर्न र धर्ममा आधारित भेदभाव रोक्न धर्मनिरपेक्षता कायम राख्न सहमत बने ।
तर, आज प्रजातन्त्र र समानताप्रति कतिबद्ध भनिने कम्युनिष्ट मन्त्रीद्वारा कुनै एक धर्म मान्नेबाहेक सबै देशद्रोही हुन् र हत्कडी लगाउने उग्र वक्तव्य दिन्छन् भने अर्कोतर्फ जम्मा ५.५८ प्रतिशत लोकप्रिय मत ल्याएको राजनीतिक दलले ८।.।९ प्रतिशत धर्म मान्नेहरुलाई जबरजस्ती आफ्नो पक्षधरता करार गरेर व्यवस्था परिवर्तनको सूचक ठानेर कुप्रचार गर्छन् । यदि यस्तै धर्ममा केन्द्रित अतिवादी तथा असहिष्णु राजनीति मौलाउँदै गयो भने आइपर्ने सम्भावित खतराप्रति गम्भीर हुनु हामी सबैको जिम्मेवारी हुन आउँछ । धर्मका नाममा हुने राजनीतिले निम्त्याउने संकटप्रति निरपेक्ष नबनेर यस्ता क्रियाकलापहरुको खुलेरै विरोध गर्नुपर्ने आजको आवश्यकता बनेको छ । खैर, यी र यस्तै अराजक र गैरराजनैतिक धर्ममा केन्द्रित आचरणहरु मात्र जनताको लागि अफिम हुन् भन्ने बुझाइ बुझ्न अब कसैले ढिला गर्नु हुँदैन ।
आजका दिनमा हिन्दू धर्मबाहेकका धर्म मान्ने कम्युनिष्ट नेताहरुलाई नउठ्ने प्रश्न किन हिन्दू धर्मका अनुयायीहरुलाई मात्र उठ्ने गर्छ, यो गम्भीर र सोचनीय विषय बनेको छ । कुनै एक व्यक्तिको धार्मिक आस्थामाथि नउठ्ने प्रश्नहरु किन मानव सभ्यताको सुरुवाती विकाससँग जोडिएको हिन्दू धर्ममाथि मात्र केन्द्रित हुन्छ ?
हाम्रो राज्य र राज्यमा रहेको व्यवस्थाले दिएको धर्म निरपेक्षतामा आफ्नो रोजाइको धर्म मान्ने अधिकार चाहे कम्युनिष्ट होस् वा कांग्रेस, राजावादी होस् वा गणतन्त्रवादी सबैलाई रहेको छ । आजका दिनमा हिन्दू धर्मबाहेकका धर्म मान्ने कम्युनिष्ट नेताहरुलाई नउठ्ने प्रश्न किन हिन्दू धर्मका अनुयायीहरुलाई मात्र उठ्ने गर्छ, यो गम्भीर र सोचनीय विषय बनेको छ । कुनै एक व्यक्तिको धार्मिक आस्थामाथि नउठ्ने प्रश्नहरु किन मानव सभ्यताको सुरुवाती विकाससँग जोडिएको हिन्दू धर्ममाथि मात्र केन्द्रित हुन्छ ?
सत्कर्मले मान्छे देवता हुने मूल विचार बोकेको हिन्दू धर्म अन्य धेरै धर्महरुको पनि पथप्रदर्शक हो । अहिले हामीले पुजिरहेका मात्र देवता होइनन्, अब जन्मिएर सत्कर्म गर्ने जो-कोही देवताको स्थानमा रहन सक्छन् र पूजनीय हुन्छन् वा सबैलाई देवता बन्ने र पूजनीय हुने सर्वाधिक लोकतान्त्रिक अधिकार दिएको हिन्दू धर्म कसरी एक व्यक्ति मान्ने तानाशाही विचारको प्रवर्तक हुनसक्छ ? हिन्दू धर्मका राम्रा-नराम्रा पक्ष होलान्, यसभित्र जबरजस्ती लादिएका रुढीवाद, अन्धविश्वास, कुसंस्कारलाई समयानुकूल मानिसमा आएको चेतनाले सुधारिँदै लगिएको छ । यो आवश्यक पनि छ । हिन्दू धर्म जस्तै अन्य धर्महरुका पनि गुण, अवगुणहरु होलान्, तत्तत् धर्महरुमा पनि परिस्कृत गराउने प्रयास जारी नै छ होला । कुनै धर्म विशेषको अवगुण केलाउने र हिन्दू धर्म प्रचार गर्ने उद्देश्य पनि ममा छैन र त्यो आवश्यकता पनि होइन ।
समुदायमा सहभागिता र सत्कर्म, जिम्मेवारी र अधिकार, नैतिकता र मार्गदर्शन, धैर्यता, सान्त्वना र विश्वास, संस्कार, संस्कृति र विकास, व्यक्तित्व विकास र सक्रियता, संवेदना र सहयोग यी नै हिन्दू धर्मका मार्गदर्शन सिद्धान्तहरु हुन् । हिन्दू धर्मले निर्देश गरेको समतामूलक समाजको खोजी र सामाजिक र आर्थिक असमानताहरूको उन्मूलन नै मार्क्सवादको प्राथमिक उद्देश्य रहेकाले म कम्युनिष्ट हुँदै गर्दा हिन्दू हुने अधिकार मार्क्सवादी सिद्धान्तले प्रत्याभूत गरेको छ र जनताको बहुदलीय जनवादले अनुमोदन गरेको छ । त्यसैले म हिन्दूवादी कम्युनिष्ट हुँ ।
भगवान पशुपतिनाथको कृपा सदा लागिरहोस् ! लाल सलाम !
वर्ण व्यवस्था हिन्दु धर्मले सिकाउने समाज सन्चालनको एउटा महत्वपूर्ण आधार हो । यहि आधारमा कार्ल मार्क्सको वर्ग बिहिन समाजको परिकल्पना सङ घनिभुत ढङ्गले बेमेल हुन पुग्छ
वामपन्थीहरूलाई धर्मसंग जोडेर लेखिएको लेख विश्लेषणात्म छ । लेखकलाई धन्यवाद ।