सय रन नपुग्दै नेपालका ५ ब्याट्सम्यान पेभिलियन फर्किए, दीपेन्द्र दुर्भाग्यपूर्ण रनआउट – Nepal Press

सय रन नपुग्दै नेपालका ५ ब्याट्सम्यान पेभिलियन फर्किए, दीपेन्द्र दुर्भाग्यपूर्ण रनआउट

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ । २८ औँ ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी रन आउट भए ।

उनले एक रन मात्र बनाउन सके। नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ। बास डे लिडेको फलो थ्रुमा नन स्ट्राइकर इन्डमा क्रिज छोडेका दीपेन्द्र रन आउट भएका हुन्। कुशल भुर्तेल ४४ रनमा खेल्दैछन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालका आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए।

५४ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो। नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *