भुर्तेल ६६ रनमा आउट, नेपालले गुमायो सातौँ विकेट
काठमाडौं। आईसिसी विश्वकप लिग(२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौँ विकेट गुमाएको छ।
प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल व्यक्तिगत ६६ रनमा आउट भए। उनी क्याच आउट भए। नेपालले ३६.३ ओभरमा ७ विकेट गुमाएर एक सय २२ रन जोडेको । कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए।
तर लगातार विकेट गुमाएर नेपाल ५४-३ को स्थितीमा पुगेको थियो। त्यसपछि कुशल र कप्तान रोहित पौडेलबीच ३३ रनको साझेदारी भयो। आउट हुनुअघि कुशलले आरिफ शेखसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालका आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक एक विकेट हात पारे।