‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक अन्तरक्रिया सम्पन्न
ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुरले नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ललितपुरका स्थानीय तहका जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरमा प्रेस सेन्टरको आयोजना र माओवादी केन्द्रको समन्वयमा आयोजित ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी नेता, जनप्रतिनिधि र पत्रकारको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यक्रम अन्तरक्रियामा प्रस्तुत गरिएको प्रेस सेन्टर नेपलाल ललितपुरका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।
कार्यक्रमका माओवादी केन्द्रका प्रचार विभागका सह–इन्चार्ज महेश्वर दाहालले ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्न आग्रह गर्दै नागरिक पत्रकारितालाई भरपुर प्रयोग गर्नुपर्ने बताए । माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विद्युतीय माध्यमको प्रयोगको सकारात्मक नकारात्मकक पक्षमा प्रकाश पारेका थिए ।
बरालले लोकतन्त्रको रक्षार्थ पत्रकारिता खरो उत्रनुपर्ने विषयमा पनि जोड दिए । लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा महालक्ष्मी–६ का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर, पार्टी संगठनले सहयोग नगरेको दुखेसो सुनाए । ललितपुर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो वडामा पत्रकार आएर विकास निर्माणको बारेमा समाचार लेख्न आग्रह गरे ।
कोन्ज्योसोम–५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको बताए । तर अहिले भारदेउ राजधानीको नजिकको पर्यटकस्थल रहेको बताउँदै त्यस बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गरे ।
वागमती–५ इकुडोलका नवराज तिमल्सिनाले यस्तो कार्यक्रम पालिका स्तरसम्म लैजान अनुरोध गरे । माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने बताए ।
कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र ललितपुरका अध्यक्ष शिव कट्टेल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवम उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण अधिकारी तथा जनप्रतितिनिधिको उपस्थिति थियो ।