आगामी आर्थिक वर्षको बजेटमार्फत डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गरिने
काठमाडौं । सरकारले आगामी चालू आर्थिक वर्षको बजेटमार्फत डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै आगामी बजेटमार्फत डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गरिन बताएका हन् ।
अर्थमन्त्री डा. महतले प्रतिनीधि सभामा आगामी बजेटको सिद्धान्त तथा प्राथमिक्ता पेश गर्दै सूचना प्रविधि उद्योगलाई सफ्टवेयर र सेवा निर्यात तथा रोजगारीको आधारका रुपमा विकास गरिने बताए ।
आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व संकलनमा चुनौती थपिएको समेत अर्थमन्त्री महतले उल्लेख गरे ।
डा. महतले भने, ‘प्रचुर सम्धावना बोकेको सुचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तता दिइने छ । डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्दै सूचना प्रविधि उद्योगलाई सफ्टवेयर र सेवा निर्यात तथा रोजगारीको आधारका रुपमा विकास गरिनेछ । सूचना प्रविधिको उपयोगको माध्यमबाट सेवा प्रवाहलाई सरलीकरण गरिनेछ । ‘इनोभेसन सेन्टर र स्टार्ट अप’ को प्रवद्र्धन र विकासमा जोड दिईनेछ । डिजिटल भुक्तानी लगायतका सेवा विस्तार गर्न सार्वजनिक डिजिटल पूर्वाधार निमार्ण तथा विस्तार गिरिनेछ ।’
यसका साथै अर्थमन्त्री महतले कृषिमा रहेको उच्च उत्पादन लागत कम गर्न व्यवसायिकरण र आधुनिक प्रविधि प्रयोगमा जोड दिने बताए ।