१० पदाधिकारीको बहिष्कारबीच, लेखा परीक्षण प्रतिवेदन, बजेट र क्यालेन्डर पारित भएको घोषणा
काठमाडौं । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जना कार्यसमिति सदस्यको बहिष्कारबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाले लेखा परीक्षण प्रतिवेदन, वार्षिक क्यालेन्डर र आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो । २०८०/०८१ लागि एन्फाको अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ६० रूपैयाँ रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रूपैयाँ पास गरिसकेका छौँ ।’
केन्द्रीय कार्य समितिमा छलफल नभएका विषयलाई साधारणसभामा प्रस्तुत गरिएको भन्दै एन्फाका २१ मध्ये १० सदस्यले विरोध जनाएका थिए ।
एन्फा प्रवक्ता सुरेश शाहले साधारणसभामा कार्य समितिका पदाधिकारी उपस्थित भए/भएनन् भन्ने कुराले ठूलो अर्थ नराख्ने बताए ।
‘साधारणसभामा सहभागी हुने एक सय ५ सदस्यमध्ये ७७ जनासँग मताधिकार पनि रहेको हुन्छ । मताधिकार रहेकामध्ये ७४ सदस्य आजको साधारणसभामा उपस्थित हुनु भएको छ’, शाहले भने ।
साधारसभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय पनि गरेको छ । समितिमा दीपक खाती संयोजक, प्रविणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य छन् ।