क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बाँस्तोला सवारी दुर्घटना मुद्दामा दोषी ठहर, एक वर्ष जेल सजाय – Nepal Press

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बाँस्तोला सवारी दुर्घटना मुद्दामा दोषी ठहर, एक वर्ष जेल सजाय

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय गर्ने आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले आइतबार सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै एक वर्ष जेल सजाय र दुई हजार रुपैयाँ सजाय सुनाएको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

गत कात्तिक २ गते दशैँ मनाउन स्थायी घर सुर्खेत हिँडेका बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले दाङमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।


प्रतिक्रिया

One thought on “क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बाँस्तोला सवारी दुर्घटना मुद्दामा दोषी ठहर, एक वर्ष जेल सजाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर