२ ओभरमा ३६ रन जोडेपछि नामिबियाले पूरा गर्याे सय रन
नेपाल प्रेस
२०८० फागुन १५ गते १२:३३
काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको नामिबियाले सय रन पूरा गरेको छ।
नामिबियाले १३ ओभरमा ३ विकेट गुमाएर एक सय २ रन जोडेको छ। नामिबियाले पछिल्ला २ ओभरमा ३६ रन जोडेको छ। १२ औँ ओभरमा गुल्सन झालाई नामबियाले दुई छक्का र एक चौका प्रहार गर्दै कुल १८ रन जोड्यो।
१३ औँ ओभरमा कप्तान रोहित पौडेलले पनि १८ रन खर्चिए।
प्रतिक्रिया
सम्बन्धित खवर