लघुवित्तऋणीकाे ‘त्रास’ मा सरकार- सिंहदरबार र संसद भवन अगाडि हिँडडुलमा राेक
काठमाडौं । सिंहदरबार र नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बिहानैदेखि सुरक्षा निगरानी बढाइएको छ । विभिन्न जिल्लाबाट हिँडेर आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै आज प्रहरी तैनाथी बढाइएको हो ।
आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा फुटपाथमा समेत हिँड्डुलमा रोक लगाइएको छ । डोरी टाँगेर बटुवालाई समेत हिँड्न दिइएको छैन ।
संसद भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याजपीडित प्रवेश गरेको विषयलाई लिएर ड्युटीमा खटिएका प्रहरी अधिकृतमाथि कारवाही गर्न खोजिएपछि अहिले सुरक्षा निकायभित्रै असन्तुष्टि प्रकट भएको छ ।
आन्दोलनमा आएकाहरूलाई माओवादी केन्द्र र नेकपा एसका सांसदहरूले नै दर्शक पास दिएर छिराइएको पाइएपछि ड्युटीमा खटिएका प्रहरीको मनोबल कमजोर बनाउन नहुने तर्क उच्च अधिकारीहरूले गरेका छन् ।
हिजो सुरक्षाकर्मीहरूले कडाइ गर्न खोज्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै रोकेको उच्च अधिकारीहरूले बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले गृहमन्त्रीका कारण पीडितका नाममा विभिन्न व्यक्ति घुसेर आन्दोलन चर्काएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।
हेर्नस् सिंहदरबार परिसरमा प्रहरीले सर्वसाधारणलाई हिँड्न रोक लगाउँदै टाँगिएको डोरी-