के हो गुगल सर्चबारको टपमा देखिएको ‘लीप डे’ ?
काठमाडौं । गुगलले आफ्नो सर्च बारको टपमा भ्यागुताको एनिमेशन राखेर ‘लीप डे’ को शुभकामना दिएको छ । सन् २०२४ को फेब्रुअरी २९ का दिन बिहीबार गुगलले लीप डे शुभकामना दिएको हो ।
आखिर के हो लीप डे ?
गुगलका अनुसार लीप डे ग्रेगोरियन क्यालेन्डरमा एक दिन अतिरिक्त हुने वर्षका रूपमा मानिन्छ । हरेक ४ वर्षमा पर्ने लीप डेलाई ४ वर्ष बराबर एक लीपी वर्ष भन्ने गरिन्छ । ग्रेगोरियन क्यालेन्डर अनुसार सन् २०२४ को यस वर्षमा एक दिन अतिरिक्त थपिएर ३६५ बाट ३६६ दिन पुगेको छ ।
‘द वासिङ्टन पोष्ट’ का अनुसार लीप डेलाई सार्वजनिक बिदाका रूपमा लिइँदैन । तर, आयरल्यान्डमा महिलाहरू यस दिनमा आफ्ना साझेदारहरूलाई प्रस्ताव र प्रोत्साहन गर्ने गर्दछन् । भने, चीनका केहि भागहरूमा बालबालिकाहरूले आमाबुबालाई उपहार दिने गर्दछन् । यसका साथै लीप डे लाई केहि राष्ट्रहरुमा विवाहको लोकप्रिय दिन मानिने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।
लीप डेको पनि रोचक तथ्य रहेको छ । लीप डे भएकै वर्ष चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव र हरेक ४ वर्षमा हुने ओलम्पिकहरू यस वर्षमै पर्ने गर्दछन् ।
लीप डे को अर्को तथ्य भनेको क्यालेन्डर वर्ष र पृथ्वीको घुम्ने कक्षबिचको मिसम्याच अर्थात् बेमेल मानिन्छ । रिपोर्ट अनुसार पृथ्वीलाई आफ्नो कक्षमा घुम्न एक वर्षामा ३६५ दिन लाग्छ यो सबैलाई थाहा भएकै कुरा हो । तर वास्तवमा एक वर्षमा पृथ्वीलाई एक वर्ष घुम्न ३६५ दिन ६ घण्टा लाग्ने गर्छ ।
हरेक वर्षको ६ घण्टालाई छुट्याउदै जाँदा ४ वर्षमा एक दिन अतिरिक्त हुन आउँछ । जसलाई लीप डे भनेर भन्ने गरिन्छ ।त्यस्तै, अब ४ वर्षपछि सिधै सन् २०२८ मा र सन् २०३२ मा लीप डे पर्ने छ ।