प्रचण्ड भन्छन्- राष्ट्रियसभामा उम्मेदवारी दिने लिखित निर्णय भएको छैन, तर कांग्रेसप्रति शंका उब्जेको छ (भिडिओ) – Nepal Press

प्रचण्ड भन्छन्- राष्ट्रियसभामा उम्मेदवारी दिने लिखित निर्णय भएको छैन, तर कांग्रेसप्रति शंका उब्जेको छ (भिडिओ)

चितवन । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहे पनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन् ।

शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने आफूले केही समयअघि बताए पनि अहिले घटनाक्रम भिन्न तरिकाले अघि बढेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले कोशीमा कांग्रेसकै कारण माओवादी उम्मेदवार पराजित भएकाले नेता कार्यकर्ता आक्रोशित भएको औंल्याए ।

त्यस्तै कांग्रेस महासमितिले गठबन्धन गरिँदैन भनेर गरेको निर्णय, धर्म निरपेक्षको विषय र जनयुद्धको बारेमा बेमौसमको बाजालगायतले आशंका उत्पन्न भएको उनको भनाइ छ ।

माओवादीकाे स्थायी समिति बैठकपछि प्रवक्ता अग्नि सापकाेटाले राष्ट्रियसभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने बताएका थिए ।


प्रतिक्रिया

One thought on “प्रचण्ड भन्छन्- राष्ट्रियसभामा उम्मेदवारी दिने लिखित निर्णय भएको छैन, तर कांग्रेसप्रति शंका उब्जेको छ (भिडिओ)

  1. प्रधानमन्त्री छोडने दिन जति नजिक आउँछ त्यति नै यस्ता बेईमानी कुरा आउँछन् । हुर्केकै बेईमानी गरेर जस्तो छ । तर लोभी काँग्रेसले जे पनि मान्न सक्छ । अब पनि एमाले यस्ता बेईमानको कुराको पछि लाग्यो भने एमाले पनि सकिन्छ । एमालेले गठबन्धन नामको लिल्लीका सेवकहरूको झुण्डसँग नमिल्ने मात्र होईन तिनीहरूसँग वार्ता पनि बन्द गर्नुपर्छ । एउटा कामले प्रचण्डलाई भेटे
    भने उनले त्यो भेटलाई काँग्रेसलाई ब्ल्याकमेल गर्ने हतियार बनाउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर