‘कूटनीतिक भिषा’का कारण उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित – Nepal Press

‘कूटनीतिक भिषा’का कारण उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित

लण्डन । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ।

एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिजा’ का कारण अन्तिम समयमा स्थगित भएको हो।

पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुख लगायत नेतासँग भेटघाट तय थियो ।

उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको संयोजक क्याप्टेन भिम सारुले जनाए । विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्ने समेत जनाएका थिए ।

उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो।

त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए।

गाहामगरले उपसभामुख रानामगरले छिट्टै अर्को कार्यक्रममा सहभागी हुने वचन दिएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *