महानगरभित्र कवाडी व्यवसाय चलाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन (भिडिओ)
काठमाडौं । महानगरभित्र कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कवाडी संकलक र व्यवसायीहरू अधिकांश भारतीय छन् ।
उनीहरूले महानगरले आफूहरूमाथि ज्यादती गरेको उनीहरूको गुनासो थियो । काठमाडौं महानगरपालिकाको रिङरोडभित्रका कवाडी व्यवसाय हटाउने नीतिक विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरूले कवाडी व्यवसाय दर्ता नवीकरण नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको र कानूनबमोजिम दर्ता गरेर व्यवसाय गर्दै आएका व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय संचालन गर्न दिनुपर्ने उनीहरूको मुख्य माग छ ।