महिला फुटबल प्रशिक्षक भन्छन्- साउदीकाे मैदान देख्दा खेलाडि लाेभिन्थे
काठमाडौं । वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ। बिहिबार राति भएको फाइनल खेलमा जोर्डनसंग पराजित हुँदै उपविजेता बनेको नेपाली टोली शुक्रबार राति स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएका टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एउटा राम्रो मैदान भए पनि मात्रै नेपाली फुटबल धेरै माथि जाने बताए ।
‘एउटा राम्रो (घाँसे) मैदान गर्दियो भने पनि अरु त पूर्वाधार त फरक छ । मैदान नै बनाइदियो भने कहाँ पुग्थ्यो होला । खेल्ने शैली त कति राम्रो छ नि हाम्रो’, उनले भने, ‘साउदीको मैदान देखेपछि खेलाडीले यतिको मात्र भइदिएको भए कहाँ पुगिन्थ्यो होला सर भन्थे ।’
मुख्य प्रशिक्षक तामाङले फुटबल विकास गर्न दैनिक प्रशिक्षणको आवस्यक रहेको सुनाए ।
उनले भने, ‘टीमलाई अगाडि बढाउन नियमित प्रशिक्षण हुनुपर्यो मेन चाहिँ । विभागको छ नि त । केही गर्नै पर्दैन । एन्फाले एउटा को छ राखेर दिनमा एकपटक प्रशिक्षण गर्ने वातावरण मिलाइदिने गर्नुपर्छ ।’