प्रतिशको डबल स्ट्राइकपछि कुशलले लिए लगातार बलमा दुई विकेट, नेदरल्यान्डविरुद्ध नेपाल हावी
काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको टी–२० म्याचमा नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेदरल्यान्ड्सले ६० रन बनाउँदा छैटौं विकेट गुमाएको छ ।
१० औं ओभरको खेलमा स्पिनर कुशल मल्लले दुई विकेट लिए । ओभरको पाचौं र छैटौ बलमा उनले लगातार विकेट लिएका हुन् ।
पाचौं बलमा नोह कोरेसलाई अविनाश बोहराको हातबाट क्याच आउट गराएका कुशलले छैटौं बलमा आर्यन दत्तलाई बोल्ड गरे । १० ओभरभित्र ६ विकेट गुमाउँदै नेदरल्यान्ड्स संकटमा परेको छ ।
यसअघिको ओभरमा प्रतिश जिसीले २ विकेट लिँदै नेदरल्यान्ड्सलाई ब्याकफुटमा पुर्याएका थिए ।
करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै दिलाएको उत्कृष्ट सुरुवातलाई अन्य बलरले निरन्तरता दिएका हुन् । यो समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले १० ओभरमा ६ विकेट गुमाउँदै ६० रन बनाएको छ ।