साफ यू-१६ महिला फुटबल : पहिलो खेलमै बङ्गलादेश सङ्ग नेपाल पराजित
नेपाल प्रेस
२०८० फागुन १९ गते १७:४०
हेटौँडा । काठमाडौंमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा नै हार बेहोरेको छ ।
शनिवार काठमाडौँको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोलले पराजित भएको हो ।
नेपाल, भारत, भुटान र बङ्गलादेश सम्मिलित प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजित भएसँगै नेपाललाई शीर्ष २ मा पुग्न कठिन हुने भएको छ ।
प्रतियोगिताको बलियो टिम मानिएको नेपालले बंगलादेशसँग अपेक्षित खेल खेल्न नसक्दा पराजय भोग्नु परेको हो ।
प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० ले हराएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर