कांग्रेसकाे आराेप- अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरे – Nepal Press

कांग्रेसकाे आराेप- अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माओवादीले अर्थ मन्त्रालय नपाएपछि गठबन्धन फेरको आरोप लगाएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै विश्वकर्माले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छाड्न तयार नभएपछि माओवादीले विकल्प खोजेको बताए ।

अर्थमन्त्री कांग्रेस तर्फबाट प्रकाश शरण महत छन् । आफ्नो मन्त्री हुँदाहुँदै माओवादीलाई अर्थ मन्त्रालय बुझाउन कांग्रेस तयार नभएपछि प्रचण्डले असन्तुष्टि जनाउँदै आएका थिए । उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्ष मात्रै प्रमुख कारण होइन । मूल त अर्थ मन्त्रालय प्रमुख कारण हो ।’

उनले कांग्रेसको महासमिति बैठकले आगामी निर्वाचन एक्लै लड्ने निर्णय गरेपछि पनि माओवादीलाई छटपटी भएको बताए । उनले आगामी निर्वाचनलाई हेरेर माओवादी एमालेसँग मिलेको बताए । उनले सरकारबाट कांग्रेस बाहिरिने तयारीमा रहेको र केही समयपछि यसको निर्णय आउने बताए ।

नेता विश्वकर्माले टीआरसी विधेयकमा एमालेलाई फकाउन पनि प्रचण्डले गठबन्धन तोडको आरोप लगाए । उनले भने, ‘अहिलेको गठबन्धन टुट्ने कारण तीन वटा छन्, एउटा अर्थ मन्त्रालय, दोस्रो राष्ट्रिय सभा अध्यक्ष र तेस्रो टीआरसी विधेयकमा एमालेको सहमति ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर