सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकाे १ लाख २३ हजार – Nepal Press

सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकाे १ लाख २३ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ  कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।

छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हालसम्मकै सबैभन्दा उच्च मूल्य कायम भएको हो ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *