सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन, अलपत्र परेका आयोजनाको कारण खुलाए म्याद थपिने
काठमाडौं । सरकारले १३औं सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राजपत्र जारी गरेको सूचना अनुसार नियमावली १३औं संशोधन भएको हो ।
संशोधित नियमावली अुनसार समयमा काम सम्पन्न नभएका तथा काम चालु अवस्थामा रहेका देशभरिका आयोजनाहरुको म्याद थप हुने छ । आयोजनाको निर्माण गरिरहेको निर्माण व्यवसायीले माग गरे अनुसार नै समय थप हुने भएको हो । के कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको हो कारण खुलाएर म्याद थप माग्नु पर्नेछ ।
थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित म्याद थपको सयम माग गर्न सकिने छ । भने नियम जारी भएको मितिले ३० दिनभित्र निवेदन दिनु पर्नेछ ।
खरिद नियमावलीको संशोधित व्यवस्थाले सडक, पूर्वाधार, सिँचाइ, भवन, सहरी विकास र विद्युत्लगायतका आयोजनाले म्याद थप गर्न पाउने छ ।