त्रिशूली दुर्घटना हराई रहेका पाँच जनाको खोजी कार्य जारी – Nepal Press

त्रिशूली दुर्घटना हराई रहेका पाँच जनाको खोजी कार्य जारी

काठमाडौं । धादिङ दुर्घटनामा हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ । बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

ड्राइभरले जम्मा ४९ भनेकोमा सहचालकले ५१ भनेका छन् । तर चलानी र बिचमा चढेकासहित जम्मा ५२ जना रहेको आशंका गरिएको छ । जसमध्ये ४० जनाको घाइते र सकुशल अवस्थामा उद्धार गरिएको छ । ७ जनाको मृत्यु भएको छ भने हराइ रहेकाका मध्ये ४ पुरुष र १ महिला सहित ५ जना रहेको बुझिएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा २८ जना, विपद् व्यवस्थापन बेस आदमघाटबाट डिएसपी तुला चौधरीको कमान्डमा १६ जना र आश्रित गुल्म धादिङबाट ११ जनासहित ५५ जनाको फौज परिचालन भएको छ । जसमा ९ जना गोताखोर र अन्य विपद् व्यवस्थापन तालिम प्राप्त रहेका छन् ।

खोजी कार्यको लागि दुईवटा राफ्ट्बोट समेत प्रयोग गरिएको छ । अहिलेसम्म २ जना मृतकको मात्र सनाखत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *