कुमारीपाटीमा हिमालयन जाभा सञ्चालनमा- मह जोडीबाट ग्राण्ड ओपनिङ
नेपाल प्रेस
२०८० फागुन २३ गते १५:३६
ललितपुर । कुमारीपाटीमा हिमालयन जाभाको शाखा सुरू भएको छ । कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले ग्राण्ड ओपनिङ गरे ।
यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ । जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ । मंगलबारको ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मालगायत छन् ।
यमन श्रेष्ठले यसअघिदेखि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर