तीव्र उतार चढावबीच अन्ततः बढेर बन्द भयो सेयर बजार – Nepal Press

तीव्र उतार चढावबीच अन्ततः बढेर बन्द भयो सेयर बजार

काठमाडौँ । अर्थमन्त्रीमा वर्षमान पुनको कमब्याकको भोलिल्ट बिहीबार सेयर बजारमा तीव्र उतार चढाव देखियो ।

२०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरी घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्‍यो । बजारको तीव्र गिरावट पछि फेरी बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढेको हो ।

सेयर बजारमा अर्थमन्त्री को हुने भन्ने विषयले प्रत्यक्ष प्रभाव पार्दै आएको विगतको इतिहास छ । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि हाइड्रोपावर नेपाल लगायतका कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । यस्तै एनआइसी एशिया ग्रोथ फण्ड २, समलिङ हाइड्रोपावर, बोटलर्स नेपाल तराइ लगायतको सेयर मूल्य भने सर्वाधिक घटेको छ । बिहीबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

सुरुमा तीव्र वृद्धि भएको बजारमा लगानीकर्ता पूर्ण विश्वस्त हुन सकेको देखिँदैन । अर्थमन्त्री पुनले बुधवार कार्यभार सम्हाल्दै गर्दा लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका थिए ।

शेयर बजारलाई विगतमा जस्तो नभई परिवर्तनशील भएर हेर्नुपर्ने पुनको अभिव्यक्तिले बजार सकारात्मक बन्ने आम लगानीकर्ताको अपेक्षा छ ।

निरन्तर रूपमा घटिरहेको बजारको विकास गर्दै लगानीकर्ताहरूको हितमा काम गर्ने अर्थमन्त्रीको अभिव्यक्तिमा लगानीकर्ता विश्वास पनि परीक्षण भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *