ह्वाट्सएपमा पनि ‘युनीकोड १५.१’ का ईमोजीहरुको प्रयोग गर्न सकिने – Nepal Press

ह्वाट्सएपमा पनि ‘युनीकोड १५.१’ का ईमोजीहरुको प्रयोग गर्न सकिने

काठमाडौं । अब ह्वाट्सएपमा पनि युनिकोड १५.१ का ईमोजीहरु पनि देखिने भएका छन् । ह्वाट्सएपले नयाँ अपडेटमार्फत ‘युनीकोड १५.१’ का ईमोजिहरुलाई भिजिवल (देख्न सकिने) बनाएको हो ।

ह्वाट्सएपले यसअघि नै युनिकोड १५.१ का ईमोजिहरु सपोर्ट गर्थ्यो तर, मेसेजमा पठाउँदा देखिँदैन थियो । जसलाई ह्वाट्सएपले अपग्रेड गर्दै अब सबैले देख्न सक्ने बनाएको उल्लेख गरेको छ ।

अहिलेसम्म एन्ड्रोईडमा यस्ता ईमोजीहरु देख्न सकिन्नथ्यो । कुनै कुनै एप्लिकेशनमार्फत यस्ता ईमोजिहरु प्रयोग भइरहका हुन्थे । खसगरी विन्डोजमा मात्रै यस्ता ईमोजीहरु सपोर्ट हुन्थे ।

अब जोकसैले पनि ईमोजी किवोर्डमार्फत युनिकोड १५.१ मा भएका ईमोजीहरु पठाउन र देख्न सक्नेछन् । यसअघि सपोर्ट नगर्ने ईमोजीहरु पनि अब सपार्ट गरेर सबै प्रयोगकर्ताले नयाँ अनुभव लिनसक्ने जनाइएको छ । एन्ड्रोइड प्रयोगकर्तालाई पनि सबैको लागि उपलब्ध राउन सकिने गरी नयाँ संन्देश दिन खोजेको ह्वाट्सएपले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *