नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि भारतकाे एल्कलाइन इलेक्ट्रोलाइजर अनावरण – Nepal Press

नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि भारतकाे एल्कलाइन इलेक्ट्रोलाइजर अनावरण

काठमाडौं । नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ ।

भारतको गुजरात राज्यका मन्त्रीहरुको सहभागितामा अनावरण गरिएको हो । सहभागीहरुले पर्यावरण र आर्थिकवृद्धिका लागि यो महत्वपूर्ण सावित हुने बताए ।

एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्यासबाट हाइड्रोजन बनाउने गरिएको छ ।

तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पुर्याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ ।

भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीनजो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो ।

गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । एमएसएमई मंत्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरणमन्त्री, हर्ष संघवी गृहमन्त्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी थिए ।

उनीहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताएका थिए । गुजरातको सनान्दमा रहेको ग्रीन्जो इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पाद गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठानेका छन् ।

अग्रवालले भने, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’

हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाए । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उनको तर्क थियो । ग्रीनजो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ ।

पर्यावरणमा योगदान पुर्याउँदे आएको ग्रीनजो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पानका लागि पनि इच्छा देखाएको छ ।

 

 


प्रतिक्रिया

One thought on “नेपालमा हरित हाइड्रोजन उत्पादनका लागि भारतकाे एल्कलाइन इलेक्ट्रोलाइजर अनावरण

  1. हरियो बन नेपालको धन भन्ने नारा थियो अब त्यो नारा हरायो हो नेपाल बात? अनि जुन हरियो वन जङ्गल को हरियो रुखको पात हरुले दिने हावा इन्डियाको मेसिनले दिने भो होइन? साला चोर इन्डियाको गुहु मुत नखादा नपिउदा सम्म तिमिहरुको पेत नभरिने भो? सबै जङ्गल हताएर प्लटिङ्ग गर्ने अहि हरितगृह र स्वच्छ हावा मेसिनले दिने भो चोर हरु🙅‍♀️🙅‍♂️🙅

Leave a Reply

Your email address will not be published. Required fields are marked *