मार्माका प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास, क्वार्टरमा आगजनी
नेपाल प्रेस
२०८० फागुन २५ गते ११:२०
कैलाली । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ । बिहीबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको बताएका छन् । भागेर उनले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । उनीमाथि आक्रमणको कारण र समूहबारे अहिलेसम्म खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोविन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भइरहेको नेपाल प्रेसलाई बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर