दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा नेपाललाई एक रजत र ११ कास्य
काठमाडौं । दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा टिम इभेन्ट्मा नेपालले एक रजत र एक कास्य पदक प्राप्त गरेको छ भने ब्यक्तिगत इभेन्टमा भने १२ कास्य प्राप्त गरेको छ।
पाकिस्तानको इस्लामाबादमा मार्च ३–७ तारिखसम्म भएको सो प्रतियोगिता र ब्याडमिन्टन खेल अन्तर्गत बिभिन्न कार्यक्रममा सहभागी हुनका लागी १० खेलाडीसहित १८ सदस्यीय टोली पाकिस्तान गएको थियो।
सो टोलीमा १० खेलाडी १ प्रशिक्षक १ ब्यवस्थापक १ टिम लिडर, अम्पायर तालिमको लागि २ अम्पायर, महिला सशक्तीकरण सेमिनरमा २ महिला र लिडर्स मिटिङको लागि संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ पनि पाकिस्तान गएका थिए।
नेपाल ब्याड्मिन्टन संघका सचिब बेनुप खत्रीले केही कमजोरीको कारण स्वर्ण पदक जित्न नसकेको स्वीकार गरे ।
उनले भने, ‘केही कमिकमजोरीको कारणले हामी स्वर्ण पदक प्राप्त गर्न सकिएन, आगामी सहभागीताको लागि हामी पुर्ण त्यारीका साथ नेपाली खेलाडीलाई कोर्ट्मा उभ्याउने छौं । अवश्य पनि स्वर्ण पदक प्राप्त गर्न अत्याधिक कोशिश गर्ने नै छौं, नेपालमा ब्याडमिन्टन संघको निम्ति एउटा पनि कभर्ड हल नभएकोले खेलाडीहरुलाई आवासीय ब्यवस्था र नियमित प्रशिक्षण गर्न सकिएको छैन। आगामी दिनमा सरकारले ब्याडमिन्टन खेलको लागि उच्च प्राथमिकता दिनेछ भन्ने अपेक्षा गरेका छौं र हामी पनि हाम्रो ठाउँबाट जोड दिएर खेल पुर्वाधार निर्माण र खेल बिकासमा लाग्नेछौं।’
समापान कार्यक्रममा बिश्व ब्याडमिन्टन संघका उपाध्यक्ष ज्यासम कान्सु ब्याडमिन्टन एसियाका अध्यक्ष किम जोङ सो , नेपाल,भुटान,पाकिस्तान ,माल्दिभ्स,श्रीलंका,लेवनान लगायत देशका अध्यक्ष लगायत विभिन्न पदाधिकारीको पनि उपस्थिति थियो।
आगामी दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा भुटानमा हुनेछ।