कोरियाका ‘उयानफू’ र नेपाली महिला – Nepal Press
सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

कोरियाका ‘उयानफू’ र नेपाली महिला

विश्वमा विभिन्न प्रकारका राजनीतिक अभ्यास र प्रणाली छन् । ती आआफ्ना गुण/दोषले लेस छन् । तर, सबै खाले राजनीतिक अभ्यास र प्रणालीले एक स्वरमा जनतालाई केन्द्रमा राखेको सैद्धान्तिक दाबी गर्छन्, जुन व्यवहारमा आफ्नो व्याख्याअनुसारको शतप्रतिशत छैनन् । यसको सबैभन्दा ठूलो भिन्नता लैंगिक हिसाबमा रहेको छ ।

दार्शनिक रूपमा नारीहरू देवी जस्तै भन्ने भए पनि राजनीतिको व्यवहारमा समान छैनन् । चुलोचौकोको पारिवारिक जीवनबाट घरआँगन हुँदै समाजको मैदानमा अझै पनि उनीहरुको उपस्थिति अति उत्साहित हुनुपर्ने छैन । राजनीतिमा अझै पुरुष सर्वोच्चता हावी छ ।

यो असमानता पारिवारिक, सामुदायिक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भमा समानताको चर्चा धेरै हुन्छ तर ती सबै कुरा हुनुपर्ने स्थितिमा छैनन् । यसको तुलोमा धेरै तलमाथि छ । महिलाको वजन हलुको नै छ । नेपालमा महिलाको राजनीतिक उपलब्धिको यात्रा प्रगतिशील त छ । तर, ती शो पिस जस्ता छन्, लक्ष्यअनुरुप छैन् । राजनीतिमा पुरुषसरहको उपस्थिति आज नेपालको बहस हो, सुरु भएको तर नसकिएको यात्रा हो ।

राज्यस्तरीय प्रक्रियामा महिला सहभागिता बढाउने, पुरुष समकक्षीसरह बनाउने व्यवस्था संविधानमा छ । तर, निर्णय प्रक्रियामा महिलाको भूमिका र सहभागिता न्यून छ ।

लैङ्गिक समानतातर्फ नेपाली महिलाको यात्राले एउटा विडम्बनापूर्ण विरोधाभासको परिभाषा निर्माण भएको छ । देशले राष्ट्रको सबैभन्दा माथिल्लो ओहदा राष्ट्रपतिमा महिला पाएको इतिहासमा गर्व गर्दैगर्दा अनगिन्ती अन्य महिला आफ्नो जीवनका ससाना निर्णयहरू आफैं गर्न संघर्ष गरिरहेका छन् ।

यसले नेपाली महिलाको अवस्थाको द्विविभाजन प्रस्ट देखाउँछ । एक महिलाको उचाइ राष्ट्रपति पदले नेपालको इतिहासमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चिह्न लगाउँछ र नेतृत्वको भूमिकामा लैङ्गिक प्रतिनिधित्वको सन्दर्भमा भएको प्रगतिलाई प्रतिविम्बित गर्छ भने अर्कोतर्फ बहुमत नेपाली महिलाहरूको उत्पीडनको कठोर वास्तविकतालाई छायाँमा पारिरहेको छ ।

केही वर्ष अगाडि अध्ययनको सिलसिलामा म कोरिया आएँ । यहाँ बस्न थाल्नुअघि मलाई यहाँको समाज अविश्वसनीय होला भन्ने लागेको थियो । तर, पछि मैले यहाँ फरक परिदृश्य त देखें नै फरक जीवनशैली बाँचे पनि । यो अनुभवले मैले हामी नेपाली महिलाहरु साँच्चै नै एक प्रकारको दयनीय अवस्थामा बाँचिरहेका छौं कि भन्ने महसुस भयो ।

राजनीतिक दलहरूमा ३३ प्रतिशत सहभागिताले महिलाको संख्या उपस्थितिमा त देखिन्छ । तर, ती पुरुष समकक्षीका छायाँ जस्ता छन् । अर्को हिसाबले भन्नुपर्दा थपनाका देउता जस्ता भएका छन् । उनीहरुलाई राजनीतिक दलहरूले न्यून तहको जिम्मेवारीमा देखाउन मात्र सीमित गरेका छन् । यसको उदाहरण राजनीतिक गठबन्धनपश्चात आएको नतिजामा देख्न सकिन्छ ।

पितृसत्तात्मक विचारधारा, उपयुक्त नीतिको अभाव, राजनीतिक दलहरूमा निर्णय प्रक्रियाको प्रभावकारी भूमिका नहुनु, विभिन्न क्षेत्रमा कम अवसर, महिलामाथिको उच्च हिंसा र अन्य लैङ्गिक भेदभावले महिलाहरु अझै समान हैसियतमा रहन सकेका छैनन् ।

राजनीति, निर्णय प्रक्रिया र सामाजिक गतिविधिमा महिलाको सहभागिता निकै कम पाइन्छ । राजनीतिमा लामो समय बिताए पनि राजनीतिक दलहरूले आफ्नो क्षमताअनुसार उच्च जिम्मेवारी महिलाहरुलाई दिन सकेको छैन । त्यसैले महिलाहरू यस क्षेत्रमा धेरै सन्तुष्ट भएको पाइँदैन ।

महिलाहरूले आफ्नै राजनीतिक दल, समाज र परिवारमा धेरै समस्या र संघर्षको सामना गरिरहनुपरेको छ । राजनीतिक दलमा नेतृत्व तहमा उस्तै उस्तै सक्षम पुरुष र महिला एकै ठाउँमा हुन्छन् । तर, महिला सक्षम भए पनि राजनीतिक दलमा नेतृत्व पुरुषले नै पाउन गरेका छन ।

क्षमता हिसाबले महिला कमजोर छैनन् । अझ उनीहरुले पुरुषहरुको तुलनामा सही दिशामा जान, लक्ष्य प्राप्तिका लागि त्याग गर्ने कुरामा प्रेरित गर्नसक्छन् । महिला अरूलाई निर्देशन दिनुको सँगसँगै काममा मद्दत गर्छन् । यसले गर्दा सोच, प्रतिबद्धता र रचनात्मकताका थप अवसरहरू सिर्जना हुन्छ ।

मेरो निजी अनुभवले पनि यस्तै कुरा भन्छ । यो अनुभव मैले नेपाल छाडेपछि गर्न पाएँ । केही वर्ष अगाडि अध्ययनको सिलसिलामा म कोरिया आएँ । यहाँ बस्न थाल्नुअघि मलाई यहाँको समाज अविश्वसनीय होला भन्ने लागेको थियो । तर, पछि मैले यहाँ फरक परिदृश्य त देखें नै फरक जीवनशैली बाँचे पनि । यो अनुभवले मैले हामी नेपाली महिलाहरु साँच्चै नै एक प्रकारको दयनीय अवस्थामा बाँचिरहेका छौं कि भन्ने महसुस भयो ।

कोरियामा शिक्षा क्षेत्रमा महिलाहरु पुरुष बराबर अब्बल छन् । हाम्रा विश्वविद्यालय पनि आजको दिनसम्म आउँदा पुरुषभन्दा महिलाको संख्या धेरै देखिन थालेको छ, जुन आफैंमा एउटा सकारात्मक दृश्य हो ।

कोरियामा चाहे मध्यरातमा नै किन नहोस् स्कुल, कलेज अथवा कामबाट महिला फर्कनुलाई सामान्य मानिन्छ । मेरो लागि अकल्पनीय थियो । किनकि नेपालमा मेरा भोगाइ फरक थिए । नेपालमा साँझ पर्नेबित्तिकै, आफू पछाडि छायाँ देखे पनि आत्तिनुपर्ने एक किसिमको डर मनमा आउने परिवेशबाट आएकी मेरो लागि कोरियामा मध्यरातमा विश्वविद्यालयबाट घर फर्किंदा पनि डर र त्रास मान्ने अवस्था थिएन । यहाँ महिला होस् या पुरुष, स्वतन्त्र र सुरक्षित भएर जुनसुकै समयमा निर्धक्क भएर हिँड्नसक्थे, असुरक्षाका बारेमा धेरै चिन्ता गर्नु नपर्ने ।

तर, नेपालमा पारिवारिक तह होस् या सामाजिक तह महिलाहरूका लागि अहिले पनि एक किसिमको बन्धन नै छ । एउटा महिलालाई समाजले जे जिम्मेवारी तोकिदिएको हुन्छ, त्योमात्र गर्नुपर्ने एक प्रकारको अघोषित नियम नै छ । यो नियमअनुसार नचल्ने महिलाहरुलाई समाजले विभिन्न तरिकामा सजाय पनि दिइरहेको हुन्छ । तर, कोरियामा परिवेश छुट्टै छ ।

यहाँका महिला आर्थिक दृष्टिकोणबाट आफैं सक्षम, पुरुषमा भर परी एक स्वतन्त्र जीवन बाँचिरहेका छन् । यो सब सीप र शिक्षाको देन हो ।

सीप र शिक्षा राम्रो भएको अवस्थामा महिलाले आर्थिक पाटोको लागि पुरुषमा निर्भर हुन नपर्ने र आफ्नो क्षमताअनुसार आफ्ना निर्णय स्वतन्त्र रुपमा लिन सक्छन् भन्ने कोरिया अनुभवले सिकायो । कोरियामा महिलाले नेपाली महिलाले भन्दा धेरै स्वतन्त्र र सुरक्षित जीवनयापन गरिरहेका छन् । त्यस्तै जीवन मैले बाँच्दै गर्दा निर्मला पन्तदेखि भागीरथीसम्मको घटना दिमागमा आउँछन् । यी घटनाले आज पनि नेपाली महिला हिंसाको चपेटामा छन्, असुरक्षित छन् भनेर झस्काइरहन्छ ।

कोरियामा शिक्षा क्षेत्रमा महिलाहरु पुरुष बराबर अब्बल छन् । हाम्रा विश्वविद्यालय पनि आजको दिनसम्म आउँदा पुरुषभन्दा महिलाको संख्या धेरै देखिन थालेको छ, जुन आफैंमा एउटा सकारात्मक दृश्य हो ।

तर पनि नेपालमा महिलालाई शारीरिकदेखि अमानवीय हिंसा भएका कैयौं घटना छन् । पछिल्ला केही घटनाले हामी महिलालाई सुरक्षा र न्याय दिने अवस्थामा कहाँ उभिएका छौं, थाहा हुन्छ । यस्ता घटनाले हाम्रा सरकारी नीति नियम, कानून र न्यायिक निकायहरुलाई पनि प्रश्न गरिरहेका छन् ।

कोरियाका महिलाको जीवन पहिलेदेखि नै यस्तो सहज थिएन । त्यसमाथि जापानी साम्राज्यको अधिनमा पुगेपछि कोरियाली प्रायद्वीपका महिलाले दोस्रो विश्वयुद्धको अन्त्य नहुँदासम्म हदको नारकीय जीवन बोके । लाखौं कोरियाली महिला जापानी सेनाको यौन प्यास मेटाउने ‘उयानफू’ अर्थात ‘कम्फर्ट वुमन-यौन दासी) साधन बने । योसँगै उनीहरुमाथि कल्पनै गर्न नसकिने किसिमका यौन हिंसा भएको छ ।

महिला दिवसको अवसरमा ‘कम्फर्ट वुमेन’को कथाको सम्झनाले महिला अधिकार र ऐतिहासिक न्यायको खोजीमा एक शक्तिशाली सन्देश पठाउँछ । यसले हामीलाई अतीतका गल्तीहरूबाट सिक्न र एक न्यायपूर्ण, समावेशी समाजको निर्माणमा सहयोग गर्न र महिला अधिकारहरू र लैंगिक समानताको लागि अग्रसर हुन प्रेरणा दिन्छ ।

त्यो नारकीयबाट उठेका कोरियाली महिलाले आज प्राप्त गरेको स्वाभीमानी जीवन साँच्चै लोभलाग्दो छ । कोरियाली महिलाको जस्तै कालो अतित संसारका धेरै कुनाका महिलाले इतिहासको कुनै न कुनै कालखण्डमा भोगेका छन् । दोस्रो दर्जाको नागरिक हुनुको अनुभव प्रायः सबै महिला समुदायले गरेका छन् ।

यी भोगाइका लागि अन्तर्राष्ट्रिय महिला दिवस महिला उपलब्धिहरूको सम्मान गर्ने साथै लैंगिक समानता र महिला अधिकारहरूका लागि जारी संघर्षहरूलाई सम्झने एक महत्त्वपूर्ण अवसर हो । आज अन्तर्राष्ट्रिय महिला दिवस नेपालको वर्तमान परिवेशलाई सम्झँदै यस कथालाई विशेष रूपमा सम्झिँदा उनीहरुको अनुभव हाम्रो समाजमा चेतना र संवेदनशीलता बढाउने महत्त्वपूर्ण कदम हुन्छ भन्ने मलाई लाग्छ ।

‘कम्फर्ट वुमेन’को कथाले नेपालसँगै विश्वभरका देशहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समर्थनको आवश्यकतालाई पनि जोड दिन्छ । यस कथाको सम्झनाले महिला अधिकारहरू र लैंगिक समानताका लागि विश्वव्यापी पहलहरूमा एकता र समर्थन बढाउन सहयोग पुर्‍याउँछ । उनीहरुको त्यो भोगाइ कोरियामा बनाइएको ‘कम्फर्ट वुमेन’को स्मारक (स्ट्याचु अफ पिस)मा कोरियाका महिलाहरूको साहस, संघर्ष र सामाजिक परिवर्तनको प्रतीक बनेको छ ।

महिला दिवसको अवसरमा ‘कम्फर्ट वुमेन’को कथाको सम्झनाले महिला अधिकार र ऐतिहासिक न्यायको खोजीमा एक शक्तिशाली सन्देश पठाउँछ । यसले हामीलाई अतीतका गल्तीहरूबाट सिक्न र एक न्यायपूर्ण, समावेशी समाजको निर्माणमा सहयोग गर्न र महिला अधिकारहरू र लैंगिक समानताको लागि अग्रसर हुन प्रेरणा दिन्छ ।

नेपाल जस्तो देश, जहाँ ऐतिहासिक न्याय र महिला अधिकारहरूको संघर्ष जारी छ, ‘कम्फर्ट वुमेन’को कथाले विशेष महत्व राख्छ । यस कथालाई महिला दिवसका अवसरमा विशेष रूपमा सम्झिनाले समाजमा न्याय र समानताका लागि संवेदनशीलता र सक्रियता बढाउन सहयोग पुर्‍याउँछ । उनीहरुको त्यो साहसको कथालाई निम्न तरिकाले बुझ्न सकिन्छ ।

जागरूकता र समर्थन

‘कम्फर्ट वुमेन’को कथा महिला अधिकारहरूको महत्त्व र यौन हिंसाविरुद्ध जागरूकता बढाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालमा यस कथाले समाजमा यौन हिंसा र लैंगिक असमानताविरुद्ध लड्न सबैलाई प्रेरणा दिनसक्छ ।

ऐतिहासिक न्यायको खोजी

‘कम्फर्ट वुमेन’को कथाले ऐतिहासिक न्यायको खोजीमा एक महत्त्वपूर्ण आधार प्रदान गर्छ । यसले अत्याचारहरूको सम्यक चिनारी र उनीहरूका पीडाहरूको मान्यता प्राप्तिलाई सहयोग पुर्‍याउँछ, ताकि भविष्यमा यस्ता घटना नदोहोरियोस् । यसैको परिणाम जापानले दोस्रो विश्वयुद्ध सकिएको दशकौंपछि कोरियासँग माफी माग्यो ।

समावेशी समाजको निर्माण

‘कम्फर्ट वुमेन’को कथा नेपाल जस्तो देशमा लैंगिक समानता र महिला अधिकारहरूको समर्थनमा एक समावेशी समाज निर्माण गर्ने प्रयासमा एक उत्प्रेरकको रूपमा रहनसक्छ । यस कथाले समाजका सबै तहमा यौन हिंसा र लैंगिक विभेदविरुद्ध सचेतना र संवेदनशीलता बढाउन महत्त्वपूर्ण भूमिका निभाउँछ ।

सामूहिक आवाज र सामाजिक परिवर्तन

‘कम्फर्ट वुमेन’को कथाको सम्झनाले महिलाहरूको सामूहिक आवाजलाई शक्तिशाली बनाउन सहयोग पुर्‍याउँछ । नेपालमा यी कथाले महिला अधिकारहरू र लैंगिक समानताका लागि संघर्ष गरिरहेका समूहहरू र व्यक्तिहरूको लागि एकताको स्रोत बन्नसक्छ । यसले सामाजिक न्याय र महिला अधिकारहरूका लागि सामूहिक प्रयासहरूलाई बलियो बनाउँछ ।

‘कम्फर्ट वुमेन’को कथाको सम्झनाले महिलाहरूको सामूहिक आवाजलाई शक्तिशाली बनाउन सहयोग पुर्‍याउँछ । नेपालमा यी कथाले महिला अधिकारहरू र लैंगिक समानताका लागि संघर्ष गरिरहेका समूहहरू र व्यक्तिहरूको लागि एकताको स्रोत बन्नसक्छ ।

स्मरण र सम्मानको महत्व

‘कम्फर्ट वुमेन’को स्मारकले हामीलाई सम्झनाको महत्व र ऐतिहासिक घटनाहरूको सम्मान गर्न सिकाउँछ । यो स्मारक मानवताविरुद्ध भएका अत्याचारहरूको स्मरण गर्दै तिनीहरूलाई उचित सम्मान र न्याय दिलाउने प्रयासको प्रतीक हो ।

सामूहिक चेतना र संवेदनशीलता

यो स्मारकले सामूहिक चेतना र संवेदनशीलताको महत्वलाई समेत उजागर गर्छ । यसले समाजलाई यौन हिंसा र लैंगिक विभेदविरुद्ध एकताबद्ध भई लड्न र यस्ता घटना नदोहोरिने गरी सावधानी अपनाउन प्रेरित गर्छ ।

शिक्षा र अवगति

स्मारकले शिक्षा र अवगतिको महत्त्वलाई पनि प्रस्ट पार्छ । यसले युवा पुस्तालाई इतिहासबाट सिक्न र भविष्यमा यस्ता अन्यायहरूको पुनरावृत्ति नहोस् भन्ने सन्देश दिन्छ ।

एकता र साहसको सन्देश

स्मारकले एकता र साहसको सन्देश दिन्छ । यो हामीलाई सिकाउँछ कि अन्याय र अत्याचारविरुद्ध लड्दा एकताबद्ध हुनुपर्छ र साहसी हुनुपर्छ ।

न्याय र सम्मानको खोजी

यस स्मारकले न्याय र सम्मानको अनवरत खोजी गर्नुपर्छ भन्ने सन्देश दिन्छ । यो हामीलाई अतीतका घटनाहरूबाट सिक्न र ती पीडितहरूको सम्मानमा न्याय प्राप्त गर्ने प्रयासमा सक्रिय हुन आह्वान गर्छ ।

भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता

स्मारकले समाजलाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धतामा बल पुर्‍याउँछ । यो समाजमा समावेशी, सम्मान र न्यायको महत्त्वलाई प्रस्ट पार्छ ।

यी कोरियाली कथाहरु नेपाली महिलाका लागि समानताको लक्ष्य प्राप्त गर्न गतिलो प्रेरणा बन्नसक्छ । किनकि ती कथाहरुबाट समानताको लक्ष्य प्राप्त गर्न गर्नुपर्ने यात्राको लागि कस्तो हिम्मत जुटाउनुपर्छ भन्ने सिकाउँछ । जापानले लामो समयसम्म माफी माग्न अस्वीकार गर्दै आएको अवस्थालाई दशकौंपछि माफी माग्न बाध्य बनायो । यसले समानको लडाइँको यात्रा कठिन र लामो हुन्छ तथा यसमा निरन्तरता कुन हदसम्म आवश्यक छ भनेर देखाउँछ । यही चिजले आज कोरियाली महिला स्वाभीमानको खुट्टामा उभिएका छन् ।

चाहे राजनीतिक पहुँचको नेतृत्वमा होस् अथवा आर्थिक-सामाजिक सरंचनामा होस्, हरेक तह र तप्कामा युगौंदेखि नेपालमा पितृसत्ता हावी भएको कुरा प्रस्ट छ । हाम्रो समानताको यात्रामा केही लडाइँ जितिएको छ, सम्पूर्ण युद्ध जित्न बाँकी छन् । कानूनमा वा अधिकारका कुरामा लैङ्गिक समानतातर्फ नेपाली राजनीति र समाज अग्रसर भएर बढेको कुरालाई नकार्न मिल्दैन । तर, वास्तविकतामा महिला आन्दोलनको यात्राले एउटा विडम्बनापूर्ण विभेद, अपमान र हीनताबोधको दृश्य देख्नुपरेको छ ।

यो कुरा बुझ्न राष्ट्रका अङ्गहरु महिलादेखि लिएर अनगिन्ती अरू व्यक्तिगत जीवन र परिवारका ससाना निर्णयहरू आफैं गर्न संघर्ष गरिरहेका नेपाली महिलालाई नियाल्दा प्रस्ट देख्न सकिन्छ । नेपालमा प्रतीकात्मक रुपमा केही सफलता हात पारे पनि बहुमत बढी नेपाली महिलाहरूले सामना गरिरहेको कठोर वास्तविकतालाई छायाँमा पारेको छ । यसबाट शीघ्र अगाडि बढ्नुपर्नेछ ।

(पाैडेल हाल दक्षिण कोरियाको राजधानी सियोलमा छिन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *