फुटबलर प्रिती र सवितालाई आशिका फाउन्डेसनले गर्यो ५०-५० हजार नगदसहित सम्मान
काठमाडौं । आशिका फाउन्डेसनले नेपाली महिला फुटबल टोलीका सदस्य प्रिती राई र सविता रानामगरलाई नगदसहित सम्मान गरेको छ ।
फाउन्डेसनले शनिवार प्रिती र सवितालाई जनही ५०-५० हजारसहित सम्मान गरेको हो । जर्मनीमा बस्दैै आएकी सामाजिक अभियन्ता आशिका तामाङले याे फाउन्डेसन सञ्चालन गर्दै आएकी छन् ।
साउदीमा एक साताअघि भएको वाफ वुमन्स फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रितीले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन् । फाइनलमा नेपाल टाइब्रेकरमा जाेर्डनसँग पराजित भएकाे थियाे ।
फाउन्डेसनकी अध्यक्ष तामाङले महिला फुटबल टीमलाई प्राेत्साहन गर्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई पुरस्कृत गरेकाे बताइन् ।