पोखरा महानगरले दुईपटक मनायो सातौं स्थापना दिवस – Nepal Press

पोखरा महानगरले दुईपटक मनायो सातौं स्थापना दिवस

पोखरा । पोखरा महानगरपालिकाले शनिबार र आइतबार सातौं स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गर्दै महानगरपालिकाले सातौं स्थापना दिवस मनाएको हो । यसो त महानगरपालिकाले अघिल्लो वर्षसमेत सातौं स्थापना दिवस मनाएको थियो ।

महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले अघिल्लो वर्षसम्म त्रुटि भएकाले यसवर्ष सच्चाइएको बताए । ‘अघिल्लो वर्षसम्म गल्ती भएको रहेछ । हामीले २०७३ साललाई आधार मानेर हेर्दा यो सातौं स्थापना दिवस हो’, उनले भने ।

सातौं स्थापना दिवसको अवसरमा महानगरपालिकाले पोखरा भवनको शिलान्यास गरेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।

सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *