पूँजी बजार सुधारका लागि अर्थमन्त्रीले बोर्डसँग मागे कार्ययोजना
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल धितोपत्र बोर्डसँग पूँजी बजारमा देखिएका समस्या तथा तिनको समाधानका लागि कार्ययोजना माग गरेका छन् ।
मन्त्री पुनले पूँजी बजारमा देखिएका समस्या, समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको रायसमेत लिइ सात दिनभित्र कार्ययोजना पेश गर्न बोर्डलाई निदेशन दिएका हुन् ।
अर्थमन्त्रीमा पुनले आएसँगै पूँजी बजारमा सकारात्मक प्रभाव देखिएको लगानीकर्ताले दाबी गरेका छन् । यद्यपी विगत २ वर्षदेखि पूँजी बजारको अवस्था दयनीय बनिरहेको भन्दै सुधारका लागि विभिन्न क्षेत्रबाट माग भइरहेको थियो ।