विस्फोटक ब्याटिङ गरेका कुशल बलिङमा पनि चम्किए
काठमाडौं। हङकङमा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा अहिले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध भिडिरहेको नेपालका लागि कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरेका छन्।
एक सय ९९ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले १४ ओभरमा ८ विकेट गुमाएर १०२ रन जोडेको छ। नेपालका कुशल भुर्तेलले ४, प्रतिस जिसीले २ र आकाश चन्दले एक विकेट लिएका छन्।
कुशलले ४ ओभरमा केवल १२ रन खर्चिएका छन्। पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको पीएनजीले पछिल्ला तीन विकेट लगातार तीन बलमा गुमाएको थियो।
११ औँ ओभरको अन्तिम बलमा आकाशले विकेट लिएका थिए भने १२ औँ ओभरको सुरुका दुई बलमा कुशलले विकेट हात पारे।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पिएनजीविरुद्ध १९९ रनको लक्ष्य प्रस्तुत गरेको थियाे ।