पीएनजीविरुद्ध नेपालको खराब प्रदर्शन, बाउले लिए कप्तान रोहितको विकेट
नेपाल प्रेस
२०८० फागुन ३० गते १४:२४
काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले ३७ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाएको छ ।
ओपनर विनोद भण्डारी ४ र कुशल भुर्तेल ५ रनमा आउट भए । यस्तै गुल्सन झा ६ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए । ८ ओभरमा नेपालले ४ विकेट गुमाएर ४५ रन जोडेको छ ।
कप्तान रोहितलाई आठौँ ओभरको पहिलो बलमा पिएनजीका सेसे बाउले आउट गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर