एमालेको एकल बहुमतका लागि माओवादीसँग सहकार्य : उपाध्यक्ष ज्ञवाली

२०८० चैत १ गते १०:५६

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ सालको चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
प्रेस चौतारी दाङले बिहीबार बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्देश्यका साथ माओवादीसँग सहकार्य गरेर एमाले सरकारमा गएको बताए ।
´हामी २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउँछौँ । सोही उद्देश्यका साथ जनताका काम गर्न माओवादीसँग मिलेर सरकारमा गएका हौँ`, उनले भने ।
सरकारका माध्यमबाट जनताका पक्षमा काम गर्ने र आगामी निर्वाचनमा एकल बहुमत ल्याउने ज्ञवालीको जिकिर छ ।
प्रतिक्रिया
सम्बन्धित खवर