टीयूको लापरवाहीको अर्काे नमुना- क्यालेण्डरमै नभएको दिन परीक्षा तोकियो – Nepal Press

टीयूको लापरवाहीको अर्काे नमुना- क्यालेण्डरमै नभएको दिन परीक्षा तोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समयमै परीक्षा नगर्ने, नतिजा प्रकाशन नगर्ने, एउटा विषयमा अर्काे विषयकाे प्रश्नपत्र पर्ने, प्रश्नपत्र विगतकै दाेहाेरिने, परीक्षा अगावै प्रश्नपत्र बाहिरिनेसम्मका लापरवाहीप्रति विद्यार्थीको चरम गुनासो रहँदै आएको छ ।

यसैबीच त्रिविले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।

विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको छ । तर, २०८० सालको क्यालेन्डरमा चैत ३१ गते नै छैन ।

विश्वविद्यालयले शुक्रबार स्नातक दोस्रो वर्षका बीएससी, बीबीएस, बीएड, बीएको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा त्यस्तो लापरवाही देखिएको हो । केही न केही लापरवाहीका कारण आलोचित टीयूले परीक्षा तालिका सार्वजनिकमा गरेको यस्तो त्रुटीको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर