दशरश रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरश रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दशरथ रंगशाला मैदानको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रंगशालामा खेल बाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन हो ।
फिफा विश्वकप २०२६ छनौट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र बहराइनबीच हुने भनिएको दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भनेर एन्फाले सूचना जारी गरेको थियो ।
रंगशाला मैदानको नाजुक अवस्थाकै बीच मर्मतसंभार बिनानै निरन्तर खेलकुद लगायत अन्य गतिविधिहरुका लागि उपलब्ध गराएपछि मैदान फुटबल खेल्न नमिल्ने भएको छ । उक्त गतिविधिप्रति मन्त्रनलयले ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ९ (ड) ले परिषद्लाई स्पष्ट रुपमा खेलकुद सञ्चालन तथा पूर्वाधार निर्माण सम्बन्धि मापदण्ड बनाउन सक्ने आधार दिएको छ । त्यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २० ( १ ) ले मन्त्रालय आफैले वा परिषद् मार्फत रंगशालाको मर्मत सम्भार गर्नसक्ने आधार दिएको विज्ञप्तिमा उल्लेख छ ।
उपर्युक्त कानुनी व्यवस्था अन्तर्गत रहेर राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गरी नीतिगत अन्यौलताको छिट्टै अन्त्य गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयलेनेपाली खेल क्षेत्रका विविध विकृतिहरुको अन्त्य गर्दै खेलाडी र खेलप्रेमी दर्शकहरुलाई आउने दिनमा घरेलु मैदानमा खेल्न पाउने अवसर नगुमाउने तर्फ सम्पूर्ण तयारी गर्ने प्रतिवद्दता जनाएको छ ।