कपिलवस्तुका ७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध
काठमाडौं । लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तुका सात स्थानीय तह तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
बिहीबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको स्थानीय तहसँगको एक दिने कार्यशाला गोष्ठी कार्यक्रमकाविच कोष र सात वटै स्थानीय तहका प्रतिनिधिवीच सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कोषमा आबद्ध हुने स्थानीय तहमा वाणगगा नगरपालिका, बुद्धभुमी नगरपालिका , शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिका र शुद्दोधन गाउँपालिका रहेका छन् ।
उक्त अवसरमा कार्यक्रमका बुद्धभुमी नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले जहाँ असुरक्षा हुन्छ, त्यहाँनै सामाजिक सुरक्षाको बलियो उपस्थिति रहनुपर्ने बताए । बाणगंगाा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले अनौपचारिक क्षेत्रका श्रमिकको लागि कोषका कार्यक्रम निकै नै उपयोगी हुने देखेपछि आफ्नो नगरपालिकाले कोषमा आबद्ध हुने विषयमा सम्झौता गरेको बताए ।
कोषका उप–कार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषले जुनसुकै अवस्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको बताउदैँ कोषको योजनामा सहभागी भई कपिलवस्तुका स्थानीय तहले देखाएको तत्परता सराहनिय रहेको बताए ।
कोष सञ्चालन गर्ने योजनाका बारेमा स्थानीय तहले देखाएको तत्परताले उत्साह थपेकोसमेत उनले बताए । त्यसै अवसरमा कोषका वरिष्ठ सहायक निर्देशक केदार ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कोषका बुटवल शाखा प्रमुख खिम कार्कीले कपिलवस्तुका स्थानीय तहको कोषमा आबद्धतासँगै यसले देशभरमा स्थानीय तह कोषमा आबद्ध हुने सवालमा अझ सकारात्मक सन्देश प्रवाह गरेको बताए ।