अब ‘लिंक्डइन’मा गेमिङ फिचर
काठमाडौं । पछिल्लो समय ब्यापक चर्चा कमाएको प्लेटफर्म ‘लिंक्डइन’ले गेमिङ फिचर ल्याउने भएको छ ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको ‘लिंक्डइन’ प्लेटफर्मले गेमिङ फिचर ल्याउन लागेको हो । विश्वभर सबैभन्दा छिटो ग्रोअप अर्थात सबैभन्दा छिटो फैलिएको ‘लिंक्डइन’ ले नयाँ इरामा प्रवेश गर्न उद्देश्यका साथ गेमिङ फिचर ल्याउन लागेको उल्लेख गरिएको छ ।
पजल र बौद्धिक क्षमता वृद्धि गराउने गेमहरु आफ्नो प्लेटफर्ममा ल्याउन लागेको ‘टेकक्रस’ ले उल्लेख गरेको छ । ‘टेकक्रस’ का अनुसार कम्पनीले ‘क्विन्स’, ‘इनफ्रेस’ र ‘क्रसक्लिम्ब’ नामक गेमहरु लिंक्डइनले ल्याउन लागेको हो ।
कम्पनीले यी गेमहरुका काम गरिरहेको छ भने यसको आधिकारिक सर्वाजनिक गरिने मिति भने उल्लेख गरिएको छैन ।