राजस्व संकलन र खर्चबीचको अन्तरलाई कम गर्न वैदेशिक सहयताका स्रोत पहिचान र परिचालन गरिने – Nepal Press

राजस्व संकलन र खर्चबीचको अन्तरलाई कम गर्न वैदेशिक सहयताका स्रोत पहिचान र परिचालन गरिने

काठमाडौं । सरकारको रजस्व संकलन र खर्चबीच बढीरहेको अन्तरलाई कम गर्न वैदेशिक सहयोगका नविन स्रोतहरुको पहिचान र परिचालन गरिने भएको छ ।

सत्तारुढ पाँच दलको न्यूनतम साझा संकल्प सार्वजनिक गर्दै गठबन्धन कार्यदलका संयोजक विष्णु पौडेलले सरकारको रजस्व संकलन र खर्चबीच बढीरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितवेहिता, वैदेशीक सहयोगका नवीन स्रोतहरुको पहिचान परिचालन गरिने बताएका हुन् ।

पौडेलले भने, ‘आर्थिक शिथिलता अन्त्य गर्न अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म लगानीदेखि व्यापारसम्ममा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापहरुलाई निरन्तरता दिइनेछ ।’

‘सुस्त कर्जा प्रवाह र पूँजीगत सार्वजनिक खर्चको समस्याको समाधन गर्ने । वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै ततकालीन र दीर्घकालीन रोजगारमैत्री सुधारमा बाधा पुर्याउने कामहरुको संशोधन गरिनेछ’, उनले भने, ‘सार्वजनिक वित्तको दिगो विकासमा चुनौतीको रुपमा रहेको रजस्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययीता, वैदेशीक सहयोगका नवीन स्रोतहरुको पहिचान परिचालन गरिने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *