ह्वाट्सएपमा पठाइने भ्वाईस नोटलाई टेक्समा कन्भर्ट गरेर पढ्न सकिने – Nepal Press

ह्वाट्सएपमा पठाइने भ्वाईस नोटलाई टेक्समा कन्भर्ट गरेर पढ्न सकिने

काठमाडौं । ह्वाट्सएपले मेसेजमा पठाइने भ्वाईस नोटलाई कन्भर्ट गरी लिखित रूपमा पढ्न मिल्ने फिचर ल्याउन लागेको छ ।

ह्वाट्सएपले भ्वाइसमा पठाइने मेसेजलाई टेक्स अर्थात् लिखित रूपमा ट्रान्सक्रिप्शन अर्थात् कन्भर्ट गर्न सकिने फिचर थप गर्न लागेको हो ।

भ्वाईस नोटलाई टेक्समा पढ्न मिल्ने गरी ह्वाट्सएपमा फिचर थपका लागि काम भइरहेको जनाइएको छ ।

ह्वाट्सएपका रिया टाइम अपडेटबारे जानकारी दिने सूचना केन्द्रका रूपमा रहेको ‘वाबिटा इन्फो’ ले मेसेजमा पठाइने भ्वाईस नोटलाई टेक्स मा कन्भट गरी पढ्न सकिने फिचर ल्याउन लागेको जनाएको छ ।

यस फिचरका लागि प्रयोगकर्ताले १५० एमबीको नयाँ अपडेट डाउन्लोड गर्नुपर्ने उल्लेख गरिएको छ । ट्रान्सक्रिप्शन प्रक्रिया स्थानीय रूपमा प्रयोगकर्ताको यन्त्रमा एन्ड टु इन्ड इन्क्रिप्सन सुरक्षित गर्ने र प्रयोगकर्ताको गोपनीयता कायम राखिने समेत उल्लेख गरिएको छ ।

यस अपडेटलाई ह्वाट्सएपमा लागु गर्नका लागि केहि समय अझै लाग्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर