गठबन्धनको साझा संकल्प कागजको खोस्टाजस्तै भएको प्रेम सुवालको टिप्पणी – Nepal Press

गठबन्धनको साझा संकल्प कागजको खोस्टाजस्तै भएको प्रेम सुवालको टिप्पणी

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।

पाँचदलीय गठबन्धनले मंगलबार सार्वजनिक गरेको साझा संकल्पमा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको उनले औंल्याए ।

सदनमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिबी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर