युक्रेनी सैनिकसँगै रहेर बेलायती सैनिकले युद्ध गर्ने छैनन् : बेलायत – Nepal Press

युक्रेनी सैनिकसँगै रहेर बेलायती सैनिकले युद्ध गर्ने छैनन् : बेलायत

काठमाडौं । बेलायतले युक्रेनमा पुगेर युक्रेनी सैनिकसँगै रहेर बेलायती सैनिकले युद्ध नगर्ने बताएको छ । रुसको सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै बेलायत सरकारका प्रवक्ताले बुधवार बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले रुससँग लड्न नेटोले सैनिक पनि पठाउन सक्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि बेलायतको यस्तो फरक मत आएको हो ।

म्याक्रोनले बोलेपछि फ्रान्सेली अखबारले मोन्देले पनि सन २०२४ को जुनमा सेना पठाउने बारेमा सोचविचार गरिरहेको उल्लेख गरेको छ ।

मङ्गलवार रुसी विदेशी गुप्तचर प्रमुख सेर्ग नारिस्किनले फ्रान्सले युक्रेनमा दुई हजार सैनिक पठाउन लागेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर