विद्युत प्राधिकरणले लापरबाहीले छाडेको तारबाट करेन्ट लागेर दाङमा तीन जनाको मृत्यु – Nepal Press

विद्युत प्राधिकरणले लापरबाहीले छाडेको तारबाट करेन्ट लागेर दाङमा तीन जनाको मृत्यु

रूपन्देही ।दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष ४ को कृष्ण केसी र हजुरआमा ५५ वर्षीय दिलसरा केसी र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

घाइतेमध्ये हजुरआमा र नातिको लमही अस्पताल र हजुरबुवाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । घरको आँगनमा उभिएको अवस्थामा चुँडिएको तारले करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक्कासी बिजुलीको तार चुँडिएर घरको आँगनमा खस्न पुग्दा कृष्णलाई करेन्ट लागेको पछि बचाउन जाँदा हजुरबुबा र हजुरआमालाई पनि करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।

विद्युतको लापरबाहीले तार चुडिएर मानवीय क्षति भएको स्थानीयहरूले बताएका छन् । अहिले मृतकका आफन्तले क्षतिपूर्तिको माग राखि विधुत जोड्न दिएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर